अब नेपालबाटै टिकटक भेरिफिकेसन, मोनिटाइज एकाउन्टले पैसा पाउने

  • प्रकाशित मिति : May 21, 2021
  • गण्डकी डायरी

काठमाडौं, ७ जेठ । टिकटकको एकाउन्ट नेपाली कम्पनीबाटै भेरिफिकेसन हुने भएको छ । नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्ट रिलिज नेपाल प्रालिले आज शुक्रबार देखि भेरिफिकेसन गर्ने भएको हो। रिलिज नेपाल टिकटकले नेपालका लागि कन्टेन्ट पार्टनर भएकाले यसबाट फेरिफाइ भएका टिकटक मोनिटाइज पनि हुने भएको उल्लेख गरेको छ ।

मोनिटाइज भएका एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत निश्चित रकम सम्बन्धित टिकटकका एकाउन्ट सञ्चालकले पाउने भएका छन् । यसका लागि एकाउन्ट भेरिफाइ गर्न रिलिज नेपाल डटकमको टिकटक लिंकमा राखिएको फाराम भर्नुपर्ने छ । फाराम भरेको ४५ देखि ६० दिनभित्र एकाउन्ट फेरिभाइ हुने छ ।

भेरिफाइ एकाउन्टमा निलो रेजा चिन्ह देखिने छ । त्यही एकाउन्ट मोनिटाइजपछि पैसा आउने बन्ने पनि रिजिल नेपालले जानकारी दिएको छ । भेरिफिकेसन भएको एकाउन्ट ह्याक हुने, कन्टेन्ट नबस्नेसहितको समस्या पनि नहुने रिलिज नेपालको भनाइ छ ।