गोरखामा २ सहित गण्डकीमा २१ जना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : May 20, 2021
  • गण्डकी डायरी

गोरखा, ६ जेठ । गण्डकी प्रदेशमा बिहीबार थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज मृत्यु हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना, नवलपुरका ५ जना, स्याङ्गजाका ४ जना, गोरखाका २ जना, तनहुँका १ जना, र बाग्लुङ जिल्लाका २जना रहेका छन्।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।