गोरखामा १५६ सहित गण्डकीमा थप १३७२ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : May 20, 2021
  • गण्डकी डायरी

गोरखा, ६ जेठ।  गण्डकी प्रदेशमा आज थप १३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकीमा एकैदिन कोरोना पुष्टि हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।

आज पुष्टि हुनेमा कास्कीका ३५३ जना, तनहुँका ९३ जना, गोरखाका १५६ जना, लमजुङका १६ जना, नवलपुरका ९४ जना भने स्याङ्गजा जिल्लामा एकैपटक ६११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९ जना, म्याग्दीका २१ जना र मुस्ताङ जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२ हजार ६० पुगेको छ । जसमा १० हजार १८८ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।