गण्डकीमा अहिले सम्मकै धेरै संक्रमितको मृत्यु : गोरखामा ३ सहित ३० जनाको ज्यान गयो

  • प्रकाशित मिति : May 19, 2021
  • गण्डकी डायरी

गोरखा, ५ जेठ । गण्डकी प्रदेशमा बुधबार एकैदिन कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

आज मृत्यु पुष्टि हुनेमा कास्की सहित पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, तनहुँका ५ जना, स्याङ्गजाका ७ जना, गोरखाका ३ जना, नवलपुरका २ जना र म्याग्दी जिल्लाका ५ जना रहेका छन्।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।