गोरखामा १२९ सहित गण्डकी प्रदेशमा आज ६८८ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति : May 19, 2021
  • गण्डकी डायरी

गोरखा, ५जेठ । गोरखामा १२९ सहित गण्डकी प्रदेशमा आज ६८८ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा अनुसार आज पुष्टि भएका संक्रमित प्रदेशका सबै ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७६ जना, तनहुँका ५६ जना, गोरखाका १२९ जना, लमजुङका ७ जना, नवलपुरका १२८ जना र स्याङ्गजाका ९ जना छन् ।

यस्तै पर्वतका २२ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना र मुस्ताङका १० जना र मनाङ जिल्लाका १३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३० हजार ६८८ पुगेको छ। जसमा ९ हजार २७१ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ।