गोरखामा ४९ सहित गण्डकीमा ७७७ संक्रमित थपिए

  • प्रकाशित मिति : May 16, 2021
  • गण्डकी डायरी

गोरखा,२ जेठ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका सबै ११ वटै जिल्लामा संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। जसअन्तर्गत कास्कीका ३८७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका २६ जना र नवलपुरका २४ जना छन्।

यस्तै, स्याङ्गजाका ६१ जना, पर्वतका ९२ जना, बाग्लुङका ९९ जना, म्याग्दीका १२ जना, मुस्ताङका १ जना र मनाङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८ हजार १८२ पुगेको छ, जसमा ८ हजार ३३ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १९ हजार ७६६ पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।