गण्डकीमा अहिले सम्मकै उच्च : गोरखा सहित ९ जिल्लामा २८ जना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : May 16, 2021
  • गण्डकी डायरी

गोरखा, २ जेठ । पछिल्लो २४ घण्टामा गण्डकीमा सर्वाधिक २८ जनाको मृत्यु पुष्टि भएको छ । गण्डकीमा यो संख्या अहिले सम्मकै उच्च हो ।

आज मृत्यु पुष्टि हुनेमा कास्कीका ९ जना, तनहुँका ३ जना, स्याङ्गजाका ७ जना, बाग्लुङका २ जना, नवलपुरका २ जना, लमजुङका २ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र मुस्ताङ जिल्लाका १ जना छन्। योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८३ पुगेको गण्डकी प्रदेश स्वास्थ्री निर्देशनालयले जनाएको छ।