कविता : फर्केर आऊ घर

  • प्रकाशित मिति : May 15, 2021
  • गण्डकी डायरी

चाहा छैन कुनै सबै भुलि दिएँ मात्रै म देखूँ तिमी।
रुँदैछन् सब बन्धु वर्ग अहिले भेटौँ तिमी नै भनी।
त्रासै त्रास छ व्याप्त विश्वभरमा यो रोगको भो डर ।
तिम्रो त्यो अनुहार हेर्न मन भो फर्केर आऊ घर ।।१।।,

पैसाको सब धाक निष्फल भयो भन्दैन ठूलो छ यो।
आफ्नो प्यास मिटाउँदै छ यसले भै रूपमा सूक्ष्म यो ।
बाँचेमा सबथोक मिल्छ सहजै मिल्दैन चोला तर ।
आमाको ममता भए मुटुमहाँ फर्केर आऊ घर ।।२।।

खाली छैन कतै कहिँ सहर ती खैला र बैला भए ।
आफ्नो ज्यान बचाउने मन गरि गाउँ घरैमा गए ।
कोरोना खतरा भएर सहजै मौलाउँदैगो तर ।
तिम्रो काख सुतेर मर्दछु बरू फर्केर आऊ घर ।।३।।

भन्दैछन् जनता रुँदै घरमहाँ कस्तो भयो दुर्गति ।
आफ्नादेखि तरक्क तर्कनु अरे कस्तो भयो जिन्दगी ।
काका , बा सब दाइ भाइ घरमा कुर्दै बसेछन् वरा।
आफ्नाको ममता बुझेर मनले फर्केर आऊ घर ।।४।।

बोल्दैथे अघिसम्म जो ठिक भनी ढल्दै गए भक्भकी ।
थर्कामान भयो शरीर अहिले देख्दै छु यो दुर्गति ।
आफ्ना यी परिवार हेर्छु म सदा मान्दैन यो मन् तर ।
हे १ छोरा कर जोडि भन्छु मनले फर्केर आऊ घर ।।५।।

लेखक : सा‍. ला‍‍.