कोरोना संक्रमणबाट गोरखाका एक युवकको मृत्यू

  • प्रकाशित मिति : May 12, 2021
  • गण्डकी डायरी

गोरखा, २९ बैशाख । गोरखामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १२ दशकिलोका का ३२ वर्षिय कुमार तामाङको कोरोनाका कारण मृत्यु भएको हो ।
उपचारको क्रममा उनको गण्डकी मेडिकल कलेज पोखरामा बुधवार बिहान मृत्यू भएको हो ।

१० दिन अघि कोरोना संक्रमित भएका उनलाई बैशाख २५ गते गोरखाबाट पोखरा रिफर गरिएको थियो ।