बोर्लाङ्गका ३४ सहित भिमसेन थापा गाउँपालीकामा ४९ संक्रमित थपिए

  • प्रकाशित मिति : May 12, 2021
  • गण्डकी डायरी

गोरखा, २९ बैशाख । गोरखाको भिमसेन थापा गाउँपालीकामा आज ४९ जना कोरोना संक्रमित थपिएका छन् । गाउँपालीकाको सबैभन्दा धेरै बोर्लाङ्गमा मात्र ३४ जनामा कोरानो संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा वडा नं ७ मा ३० जना र वडा नं ८ मा ४ जना रहेको गाउँपालीका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।
त्यस्तै वडा नं ३ मा दश जना, वडा नं ६ मा तीन जना, वडा नं ५ मा एक जना र भिमसेन थापा बाट नै स्वाव संकलन गरिएका बारपाक सुलिकोटका एक जना रहेको उनले बताए ।