होम आइसोलेशनमा एकै वडाका दुई संक्रमित पुरूषको मृत्यु

  • प्रकाशित मिति : May 10, 2021
  • रासस

काभ्रे, २७ वैशाख। कोरोना संक्रमणबाट सोमबार मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्।

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका-११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।