गण्डकी प्रदेशमा दुइ जिल्लाका थप दुईजना कोरोना संक्रमितको मृत्‍यु

  • प्रकाशित मिति : May 10, 2021
  • गण्डकी डायरी

काठमाडौं, २७ वैशाख। गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा म्‍याग्दी र पर्वतका एक(एक जना रहेका छन् ।

म्‍याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वेशाख २६ गते दिउँसो ३ बजे मृत्‍यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पर्वत कुश्मा नगरपालिका(४का ६७ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २७ गते विहान ७स् १० बजे मृत्‍यु भएको छ। उनलाई वैशाख २२ गते कोरोनजा संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६५ पुगेको छ ।