गोरखाको बुंकोटमा ३ दिनको सुत्केरी महिलालाई कोरोना संक्रमण

  • प्रकाशित मिति : May 5, 2021
  • गण्डकी डायरी

गोरखा, २२ बैशाख । गोरखाको शहिद लखन गाउपालीका वडा–७ बुङकोट बकेन्श्वाराका ३ दिनको सुत्केरी महिलालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गत बैशाख १९ गते डेलिभरीका लागी चितवन स्थित नयाँ मेडिकल कलेजमा भर्ना भएका उनको मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था राम्रो रहेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । गए राती डिस्चार्ज भएर आएकी सुत्केरी महिला डाक्टर र स्वास्थयकर्मीहरुको सल्लाह अनुसार होम आइशोलेसन मै रहेको उनले बताए ।

वडा अध्यक्ष श्रेष्ठले त्यस क्षेत्रका स्थानियबासी र वडा बासीलाई सचेत र साबधानी अपनाई आफ्नो–आफ्नो घरमा सुरक्षित रुपमा बस्न समेत आग्रह गरेका छन् ।

त्यस्तै शहिद लखन गाउपालीका वडा–७ बुङकोट स्वास्थ्य चौकीका १ जना स्वास्थ्यकर्मी लाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागी गएका उनको बैशाख १९ गते पिसिआर परीक्षण गरिएको थियो। आज आएको रिर्पोट अनुसार उनलाई कोरोना पोजेटिभ दृखिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनी पिसिआर परिक्षण गराएकै दिनबाट होमक्वारेनाईमा रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।