गोरखामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : May 4, 2021
  • गण्डकी डायरी

गोरखा, २१ बैशाख । गोरखामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको पालुङटार नगरपालिकाका १० र सिरानचोक गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा पालुङटार नगरपालिका वडा नं १ का ५८ बर्षकी महिला र ५६ बर्षका पुरुष, वडा नं २ का ९, ६ र २० बर्षका पुरुष र ३०, १३ र २५ बर्षका महिला रहेका छन् । पालुङटार नगरपालिका वडा नं ५ का २२ र ५७ बर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सिरानचोक गाउँपालिका वडा नं ३ का ४३ बर्षकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।