संक्रमित बढे संगै गोरखाको थप एक स्थानिय तहमा मंगलबार राती देखि निषेधाज्ञा

  • प्रकाशित मिति : May 4, 2021
  • गण्डकी डायरी

गोरखा, २१ बैशाख ।कोरोना संक्रमण दर बढे संगै गोरखाको थप एक स्थानिय तहमा मंगलबार राती देखि निषेधाज्ञा लागु हुने भएको छ । जिल्लाको आरुघाट गाउँपालिकामा मंगलबार राती देखि निषेधाज्ञा लगाउने जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रले निर्णय गरेको हो ।

केन्द्र को आज बसेको वैठकले वैशाख २१ गते राती १२ बजे देखि वैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।

कोरोना संक्रमणको तिव्र पैलावट रोकथाम तथा नियन्त्रणको लागि तत्काल उच्च सतर्कता अपनाई संक्रमण रोकथाम, नियन्त्रण कायहरु प्रभावकारी रुपमा संचालन गर्न निषेधाज्ञा जारी गरिएको निर्णयमा उल्लेख छ ।

वैठकले निर्णय गरेको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत, सञ्चार, औषधि तथा औषधीजन्य उत्पादन तथा विक्रिवितरण लगायतका अत्याबश्यक सेवा बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुनेछ ।