भिमसेन थापा गाउँपालीका ७ क्यामुन्टारका कोरोना प्रभावितलाई खाद्यान्य सहयोग

  • प्रकाशित मिति : May 4, 2021
  • गण्डकी डायरी

गोरखा, २१ बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारका कोरोना प्रभावित परिवारलाई खाद्यान्य सहयोग गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी गोरखाले कोरोना संक्रमणको महामारीमा परेको क्यामुनटारबासीलाई राहत सामाग्री आज वितरण गरेको हो ।

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतको सहयोगमा नेकपा एमाले गोरखाले कोभिड–१९ बाट प्रभावित ५० घर परिवारका मानिसहरुलाई दाल, चामल, नुन र तेल सहयोग गरेको हो ।

कोरोना संक्रमित कतिपय परिवार दैनिक ज्याला मजदुरी नगरी जिवनयावन गर्न समस्या रहने अबस्थाका रहेकाले गाउँपार्टीको पहलमा खाद्यान्य सहयोग गरिएको एमाले भीमसेन गाउँपार्टी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य साधुराम थापाले जानकारी दिए ।

उनिहरुलाई ४० बोरा चामल , १०० केजि दाल, ४० पोका तेल र ५० पोका नुन वितरण गरिएको हो। राहत सामाग्री वितरणका लागी पार्टीका जिल्ला सचिव कृष्ण नेपाली, नेता सुरेन्द्र थापा, बावुराम थापा, सम्झना देवकोटा, सुजन सिंखडा लगायतको उपस्थिती रहेको थियो ।