चट्याङ लागेर एक वडा सदस्यको मृत्यु

  • प्रकाशित मिति : May 4, 2021
  • गण्डकी डायरी

धनगढी, २१ वैशाख । बैतडीमा चट्याङ लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् ।

गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।