गोरखाका ४ स्थानिय तहमा आज थप २१ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : May 3, 2021
  • गण्डकी डायरी

गोरखा, बैशाख २० । गोरखाका ४ स्थानिय तहमा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । शहिद लखन गाउँपालिकाका १४ जना, आरुघाट गाउँपालिकाका ५ जना र भिमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

शहिद लखन गाउँपालिका वडा नं वडा नं ८ का ४ पुरुष र ३ महिला, ९ का ३ महिला र ३ पुरुष र वडा नं ६ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आरुघाट गाउँपालिका वडा नं ८ का ३ महिला र २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै भिमसेन थापा गाउँपालिका वडा नं ८ का एक पुरुष र पालुङटार नगरपालिका वडा नं ५ की एक महिलामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।