कदम नेपालद्धारा बोर्लाङ्ग स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन सहयोग

  • प्रकाशित मिति : May 3, 2021
  • गण्डकी डायरी

काठमाण्डौं, २० बैशाख । गोरखाको भिमसेन थापा गाउँपालीका ७ स्थित बोर्लाङ्ग स्वास्थ्य चौकीलाई अक्सिजन सहयोग प्राप्त भएको छ । कदम नेपाल गोरखाले उक्त स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन सहयोग गरेको हो ।

स्वास्थ्य चौकीलाई करिब ९३ हजार ५ सय ३० रुपैया बराबरको अक्सिजन सामाग्री सहयोग गरेको कदम नेपालका अध्यक्ष चित्र कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

बोर्लाङ्ग कोरोना संक्रमणको जोखिममा रहेकाले अक्सिजन अभाव कै कारण कोहि पनि बिरामी समस्यामा नपरोस् भन्नका लागी सहयोग गरिएको उनले बताए।

कोरोना महामारी तिव्र रुपमा फैलिरहेकाले निषेधाज्ञाको पुण रुपमा पालना गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरक्षित बस्न समेत उनले स्थानियहरुलाई आग्रह गरेका छन् ।