पालुङटार नगरपालिकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

  • प्रकाशित मिति : May 3, 2021
  • गण्डकी डायरी

गोरखा, २० बैशाख । गोरखाको पालुङटार नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्य नजर गर्दै नगरप्रमुख दिपकबाबु कंडेल र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले आईतवार एक सुचना जारी गरी एक साताका लागि नगरपालिका र वडाबाट हुने सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैशाख २० गतेदेखि २६ गते सम्म वडा कार्यालय र नगरपालिकाको कार्यालयबाट अन्य सेवा संचालन नहुने निर्णय भएको नगरपालीकाले जनाएको छ ।