गोरखामा एक कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

  • प्रकाशित मिति : April 28, 2021
  • गण्डकी डायरी

गोरखा, १५ बैशाख । गोरखामा कोरोना सक्रमण पुष्टि भएर होम आइशोलेसनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय सुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भारतमा कपडा उद्योगमा काम गर्दै आएका उप्रेती गत चैत २६ गते नेपाल आएका थिए । उनलाई बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकोे थियो । होमआइशोलेसनमा बसेका उनलाई गएराती कोठा भित्र झुण्डिएको अवस्थामा भेटिएको डिएसपी प्रकाश दाहालले बताए ।

पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो । बाबु, आमा, भाई, श्रीमती र करिब डेढ वर्षका छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

नेपाली सेनाले शब ब्यवस्थापन गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।