गोरखा बुंकोटका ९२ बर्षका बृद्धले गरे झुण्डिएर आत्महत्या

  • प्रकाशित मिति : April 28, 2021
  • गण्डकी डायरी

गोरखा, १५ बैशाख । गोरखाको बुंकोटमा एक बृद्धले आज बिहान झुण्डिएर आत्महत्या गरेका छन् । सहिद लखन गाउँपालीका ७ बुङकोट डाँडागाउँका अन्दाजी ९२ बर्षका क्षेत्रनारायण श्रेष्ठले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

उनको शव घर नजिकै रहेको धन्सारमा झुण्डिएको अबस्थामा बिहान फेला परेको हो । प्रहरीले घटनास्थल पुगेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी गरिरहेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।