सलमान खानको नया चलचित्र राधे घरमै बसेर यसरी हेनुहोस्

  • प्रकाशित मिति : April 28, 2021
  • गण्डकी डायरी

मुम्बई । अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ यही इद ९मे १३० मा रिलिज हुँदैछ । सलमानले आफ्नो वाचा पूरा गर्दै चलचित्र कोरोना कहरकाबी रिलिज गर्न लागेका हुन् ।

चलचित्र भारतमा पहिलोपटक हाइब्रिड रिलिज हुन लागेको हो । अर्थात हल र डिजिटल प्लेटफर्म दुवैमा एकैपटक चलचित्र रिलिज हुने छ ।

यो चलचित्र ४० देशका हलमा एकैपटक रिलिज हुँदैछ भने डिजिटल प्लेटफर्म जिप्लेक्समा प्रति भिउज २४९ भारुमा हेर्न सकिन्छ । हरेक पटक राधे हेर्न दर्शकले २४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । चलचित्रको फर्सट डे फर्सट सो हेर्नका लागि दर्शकले केही दिनमा बुकिङ गर्न पाउने छन् ।

चलचित्रमा सलमान खानका साथै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ मुख्य भूमिकामा छन् । बलिउड हंगामाबाट