गोरखा नगरपालिकाका विद्यालयमा बुधबारदेखि पठनपाठन बन्द

  • प्रकाशित मिति : April 27, 2021
  • गण्डकी डायरी

गोरखा, १४ बैशाख । गोरखा नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बुधबारदेखि बन्द पठन पाठन नहुने भएको छ । नगरपालिकाको शिक्षा शाखाले मंगलबार एक सूचना जारी गदै नगरपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन बन्द गराउन जानकारी गराएको हो ।

शिक्षा शाखाले बार्षिक परीक्षाको आन्तरिक तयारी भने जारी राख्न आग्रह गरेको छ । नगरपालीका भित्रका विद्यालयमा यहि बैशाख २२ गतदेखि बार्षिक परीक्षा हुने भनी कार्यतालिका सार्वजनिक गरेको थियो ।

परिस्थिति अनुसार अर्को निर्णय नहुञ्जेल परीक्षा पनि स्थगित भएको छ । विद्यालयहरुले प्रश्नपत्र निर्माण लगायतको तयारी गरि राखे सूचना हुन ेवित्तिकै पुनसञ्चालन गर्न सकिने शिक्षा शाखाले जनाएको छ ।