कास्कीमा बुधबारबाट एक साता निषेधाज्ञा

  • प्रकाशित मिति : April 27, 2021
  • गण्डकी डायरी

पोखरा, १४ बैशाख । गण्डकी प्रदेशको सदरमुकाम कास्कीमा १५ गते बुधबार बिहानबाट एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार राति सूचना निकालेर जानकारी दिएको छ ।

२१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कडा कारवाही हुने उल्लेख छ ।