पालुङटार नगरपालिकाका बिधालयमा पठन पाठन बन्द

  • प्रकाशित मिति : April 26, 2021
  • गण्डकी डायरी

गोरखा, १३ बैशाख । गोरखाको पालुङटार नगरपालिकाले पठनपाठन सञ्चालन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलबारदेखि नगरपालिका क्षेत्रका सवै सामुदायिक तथा संस्थागत बिधालयहरुमा पठनपाठन रोक्ने निर्णय गरेको नगरशिक्षा समितिका प्रमुख बाबुराम कारखेतीले जानकारी दिए ।

नेपाल सरकार कोभिड संकट व्यवस्थापन केन्द्र छाउनीको प्रेस बिज्ञप्ति र बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गरि नगरपालिका भित्रका बिधालयहरु बिधार्थीको उपस्थितीमा कक्षा सञ्चालनमा नगर्ने निर्णय गरेको नगर शिक्षा समितिका प्रमुख कारखेतीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्ति अर्को सूचना प्रकाशन नभएसम्म नगरपालिका भित्रका सवै बिधालयमा पठनपाठन बन्द गर्न भनिएको छ ।

त्यस बाहेक सरकारले तोकेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड कार्यान्वयन गर्दै बिधालयको परीक्षा लगायत अन्य आन्तरिक कार्यका लागि बिधालय प्रशासन भने खुल्ला राख्ने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।