गोरखाका ५ सहित गण्डकी प्रदेशका थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : April 23, 2021
  • गण्डकी डायरी

गोरखा, १० बैशाख । पोखरा गण्डकी प्रदेशमामा ३६१ जनाको स्वाव नमुना परीक्षण गर्दा शुक्रबार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार गण्डकीका ७ जिल्लाका ८६ जनाको परीक्षण रिपोर्ट कोरोना संक्रमण पुष्टि भएकोे हो ।

जस अन्तर्गत गोरखामा २० जनाको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित हुनेहरुमा गोरखा नगरपालीका वडा नं ४ का २१ बषकी किशोरी १२ बर्षका बालक र ३६ बर्षका पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गोरखा नगरपालीकाको वडा नं १४ का १७ बर्षकी किशोरी र ६५ बर्षकी वृद्धामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरि कास्कीमा २०८ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना पुष्टि भएको छ । कास्कीमा आज पुष्टि भएकासंगै कोरना संक्रमितको संख्या ९ हजार २७ पुगेको छ ।

यस्तै तनहुँका २४ जनाको परीक्षणमा ६ जना, गोरखाका २० जनाको परीक्षणमा ५ जना, स्याङ्गजाका २४ जनाको परीक्षणमा ४ जना, पर्वतका २९ जनाको परीक्षणमा २ जना, बाग्लुङका ३१ जनाको परीक्षणमा ३ जना र म्याग्दी जिल्लाका २५ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ७७३ छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २११ जनाले ज्यान गुमाइसकेका छन् ।