बुङ्कोटको मकैपुर आधारभुत बिधालयलाइ लायन्स क्लब अफ काठमाण्डौं मेट्रो–सिटीको सहयोग

  • प्रकाशित मिति : April 22, 2021
  • गण्डकी डायरी

गोरखा, ९ बैशाख । गोरखाको बुंकोटमा रहेका एक बिद्यालयलाई  एक गैर सरकारी संस्थाबाट नगद र अन्य सामाग्री सहयोग प्राप्त भएको छ ।

जिल्लाको शहिद लखन गाउँपालिका ७ बुंकोटको मकैपुर आधारभूत बिद्यालयका लागि लायन्स क्लब अफ काठमाण्डौं मेट्रो–सिटीबाट नगद सहित अन्य सामाग्री सहयोग प्राप्त भएको हो ।

मेट्रो सिटीले बिद्यालयलाई ५० हजार नगद र ३२/३२ थान ट्रयाकसुट र स्कुल ब्याग सहयोग गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

वडा कार्यलयको समन्वयमा बिधालयमा आज एक कार्यक्रमका बिच बिद्यालय र बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो।

क्लबले शहिद लखन गाउँपालिका ७ बुंकोट कोट गाउँका धनबहादुर श्रेष्ठका अपाङ छोराछोरीहरुलाई समेत नगद ३० हजार सहयोग प्रदान गरेको जोन चियरपर्सन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष फत्तबहादुर गुरुङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गन्जबहादुर गुरुङ, जोन चियरपरर्सन अच्यूतलाल श्रेष्ठ, लायन्स क्बल अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठ तथा स्थानिय बुद्धिजीवी  लगायतको सहभागीता रहेको थियो ।