बारपाक सुलिकोट गाउँपालिकाका पचास जना महिलालाई सेनेटरी प्याड बितरण

  • प्रकाशित मिति : April 22, 2021
  • गण्डकी डायरी

गोरखा, ८ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ का ५० जना महिलाहरुलाई सेनेटरी प्याड बितरण गरिएको छ । श्री बह्रमचारिणी आधार बिधालय व्यवस्थापन समितिका अध्यक्ष अमर गुरुङले महिलाहरुलाई प्याड बितरण गरेका हुन् ।

स्थानीय स्वास्थ्य स्वयमसेविकासंगको समन्व्यमा महिनावरी भएका महिलालाई सहयोग पु¥याउने उद्देस्यले सेनेटरी प्याड बितरण गरिएको जनाइएको छ । । स्थानीय हिमचुली प्रा.विमा एक कार्यक्रमको आयोजना गरि प्रतिव्यक्ति २ प्याकेटका दरले सेनेटरी प्याड बितरण गरिएको हो ।

सेनेटरी प्याड पाएसंगै महिलाहरु खुशी भएका छन् ।