गोरखाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

  • प्रकाशित मिति : April 20, 2021
  • गण्डकी डायरी

गोरखा, ७ बैशाख । गोरखाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नं १४ का ५५ बर्षका पुरुषको चितवनमा मृत्यु भएको गोरखा नगरपालिकाको वडा नं १४ का अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए ।
भारतबाट फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि उनि उपचारका लागी चितवन गएका थिए । बैशाख ४ गते चितवनमा नै उनको कोरोना परिक्षण भएको थियो ।

बैशाख ६ गते सोमबार आएको रिर्पोट अनुसार उनको कोरोना पोजेटिभ देखिएको थियो । उनको आज विहान साढे ११ बजे मृत्यु भएको वडा अध्यक्ष खड्काले बताए ।