गोरखाको एक स्कुलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : April 18, 2021
  • गण्डकी डायरी

गोरखा, बैशाख ५ । गोरखाको एक स्कुलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा आइतबार स्बाब परिक्षणका क्रममा सेन्ट जोसेफ स्कुलका ५९ बर्षका एक पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
स्कुलकै एक कर्मचारी र उनको सम्पर्कमा रहेका  अन्य २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङका क्रममा गत शुक्रबार ११ जनाको स्बाब संकलन गरिएको थियो । त्यसमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।