गण्डकी प्रदेशमा दुई जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : April 12, 2021
  • रासस

पोखरा, ३० चैत। गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट सोमबार दुईजनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।