सूचना प्रवाहमा पहुँच पुर्याउन गोरखामा भेडा गोठालोलाई रेडियो बितरण

  • प्रकाशित मिति : April 9, 2021
  • गण्डकी डायरी

गोरखा, २७ चैत । उत्तरी गोरखामा रहेका गोठालोहरुलाई सूचना प्रवाहमा पहुँच पुर्याउने उद्वेश्यका साथ रेडियो वितरण गर्न थालिएको छ । जिल्लाको धार्चे गाउँपालिकामा रहेको गोठालोहरुलाई आफ्नो पालिका भित्र भए गरेका तथा हुन लागेको कामका बिषयमा जानकारी दिने उद्वेश्यका साथ पालिकाले रेडियो वितरण गरेको जनाएको छ ।

पालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार पालिकामा हुने काम र गरेका कामका बिषयमा वेखबर उनीहरुलाई सन्देश दिने उद्वेश्यकासाथ उनीहरुलाई रडियो विरतण गरिएको हो । रेडियो संगै १ थान सोलार पनि वितरण गरिएको छ ।

रेडियोमा ब्याट्री सकिएको खण्डमा दिउसो चार्ज गरेर सुन्न सकोस भन्ने उद्वेश्यकासाथ सोलार पनि दिईएको पालिकाले जनाएको छ । पालिकाले हाल सम्म २० जना गोठालेलाई रेडियो सहित सोलार वितरण गरिसकेको छ ।

सन्देश प्रवाहकालागी भने जिल्ला भित्र रहेको रेडियो संग सहकार्य गरेर कार्यक्रम प्रशारण गरिने पालिकाले जनाएको छ ।