पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै नेपाली कांग्रेसद्धारा कारबाही

  • प्रकाशित मिति : April 6, 2021
  • गण्डकी डायरी

काठमाडौं , २३ चैत । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्‍दै रमेश मिश्रालाई कारबाही गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले मिश्रालाई पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो।

जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईंले यस पार्टीको शुभेच्छा र संस्था सम्मिलित नेपाल पत्रकार महासंघमा निर्वाचनको सन्दर्भमा नेतृत्वसहित प्रतिनिधिका लागि पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत बागी उम्मेदवारी दिई पार्टी र शुभेच्छुक संस्थाको मर्यादामा आँच पु¥याउने कार्य गर्नुभएकाले यहाँलाई एक वर्षसम्म पार्टीबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’