भिमसेन थापा गाउँपालीका बोर्लाङ्गमा उद्यमशिल तालिम सम्पन्न

  • प्रकाशित मिति : March 22, 2021
  • गण्डकी डायरी

गोरखा, ८ चैत । भिमसेन थापा गाउपालीकाको आयोजना तथा वडा न ७ को समन्वयमा उद्यमशिल तालिम बोर्लाङ्गमा सम्पन्न भएको छ । नेपाल सरकार आर्थिक वाणिज्य आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उद्यमशिल तालिम आइतबार सम्पन्न भएको हो ।

स्थानीय स्तरमा नै उपलब्ध श्रम, सीप र साधनको समुचित प्रयोग बाट बस्तु उत्पादन तथा सेवा वितरण गर्ने उदेश्यको साथ तालिम प्रदान गरिएको वडा न ७ का अध्यक्ष नारायण श्रेष्ठले बताए ।

“युवा पुस्तालाई रोजगारीमा जोड्न र स्वादेशमा नै रोजजारीको अवसर प्रदान गर्न यस तालिमको आयोजना गरिएको हो” उनले भने- “जिविकोपार्जनको मुल आधार नै उद्यमसिलता विकास हो आफ्नो व्यवसाय संचालन गर्ने प्रक्रिया, व्यवसाय व्यवस्थापन गर्ने सम्पूर्ण सीप नै उद्यमसिलता हो ।
आवश्यक साधन, स्रोत र सिपको प्रयोगबाट आयस्तर वृद्धि गर्ने उद्देश्यले नै लघु उद्यम तालीम सन्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

भिमसेन थापा गाउपालिका कार्यलयले सन्चालन गरेको लघु उद्यम विकास कार्यक्रम अनुसार लघु उद्यमीहरुमा उद्यमशीलताको विकासमा विशेष जोड दिँदै आएको छ ।

८ दिने लघु उद्यमशिल तालिममा १८  वर्ष पूरा गरेका र ४० बर्ष ननाघेका ३६ जनालाई  तालिम प्रदान गरेको हो ।
तालिममा प्रशिक्षक द्वय भुमिका बुढाथोकी चलाउने र चादनी शाहले सहजीकरण गरेका थिए ।
तालिमको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै भिमसेन थापा गाउँपालीका उपाध्यक्ष विनु वाग्लेले उद्यमीहरुले आफूमा भएको समय, सीप, पुँजीको प्रयोग गरी भविष्यमा जोखिम बहन गर्ने क्षमता राख्नु पर्ने बताएकी छिन्। “उद्यमशीलता भनेको भईरहेको सीप र लगानीमा रहेको पुँजीको अलावा उसले बढी सम्पत्ति कमाउने उद्देश्य राख्नु पनि हो” उनले भनिन् “यसमा व्यावसायिक क्षमता र खुबीको समेत विकास हुनुपर्छ ।
लघु उद्यम विकासको मूख्य उद्देश्य पनि उद्यम भन्दा पनि उद्यमशीलताको विकास गराउनु रहेको उपाध्यक्ष वाग्लेले बताइन् ।

कार्यक्रममा बोल्दै भिमसेन थापा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले तालिम लिएर लघु उद्यम व्यवसाय सुरु गर्नेलाई गाउँपालीकाले सहयोगी भुमिका निर्वाह गर्ने बताएका छन् । “उद्यमशिल बन्न सक्रिय पुर्वक लागि पर्न आग्रह गर्दै उनले भने “आफुले सिकेको सिपलाइ उपयोगी तवर उद्यम सुरु गरेर यो कार्यक्रम सफल भए आगामी बर्ष पनि यस्ता कार्यक्रम लागू हुनेछ ।”

भिमकुल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले भिमकुल सहकारीले उद्यमीलाइ सहुलियतमा ऋण प्रवाह गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

त्यस्तै श्री सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले लहैलहैमा व्यवसाय सुरु गर्न नहुने भन्दै धैर्य र बजार व्यवस्थापन बुझेर मात्र उद्यम व्यवसाय सुरु गर्न आग्रह गरेका छन् ।

सामुदायिक विकास कोषका अध्यक्ष रामचन्द्र श्रेष्ठले उद्यमशीलताको विकाससँगै प्रत्येक लघु उद्यमीहरु विभिन्न व्यावसायिक अवसरहरुको खोजी गर्ने र त्यसलाई आफ्नो उद्यम अनुकूल बनाउने प्रयाश तर्फ लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै ठाटी माझ गाउँ टोल सुधार समितिका अध्यक्ष बुद्धि श्रेष्ठले लघु उद्यम व्यवसाय विस्तारका लागी टोल विकास संस्थाले खेल्ने भुमिकामा कुनै कमि नआउने बताएका छन् ।

भिमसेन थापा गाउँपालीका उपाध्यक्ष विनु वाग्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सामाजिक अभियान्ता ठाकुर लामिछाने, वडा सदस्य जीवन कुमाल, जन स्वाथ्यकर्मी प्रीतम श्रेष्ठ, स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम भिमसेन थापा गाउँपालीका ७ का अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।