बुढीगण्डकी प्रभावितसंग भएका सम्झौता र निर्णय कार्यान्वयन गर्न माग

  • प्रकाशित मिति : March 18, 2021
  • गण्डकी डायरी

गोरखा, ५ चैत । बढुगण्डकी आयोजनाका प्रभावितहरुद्धारा मुआब्जा बितरण तथा प्रभावितहरुका पक्षमा गरिएका निर्णय र सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । गोरखा र धादिङको सिमानामा बन्न लागेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट बिस्थापित हुनेहरुले यसअघि भएका निर्णय तथा सम्झौताहरु तत्काल कार्यन्वयन गर्न माग गरेका हुन् ।

उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेटेर आयोजनको राष्ट्रिय सरोकार समितिले ज्ञापन पत्र बुझाउदै तत्काल समस्या हल गरिदिन अनुरोध गरेका हुन् । डुबान क्षेत्रमा पर्ने मुआब्जा बितरण गर्न बाँकी जग्गाको तत्काल बितरण गर्नुपर्ने, घर गोठ, बोट बिरुवाको दररेट निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै मुआब्जा तत्काल बितरण गर्नुपर्ने, ऐलानी जग्गामा बस्दै आएकालाई मापदण्ड बनाएर तत्काल मुआब्जा दिनुपर्ने मागसमेत उनीहरुको छ । ज्ञापन पत्र बुझ्नु हुदै र्जामन्त्री टोपबहादुर रायमाझीले आयोजना क्षेत्रका बिस्थापितलाई उचित सम्वोधन गर्ने बताउनुभयो।