गोरखाको बुंकोटमा ४५ दिने मोवाइल मर्मत तालिम सम्पन्न

  • प्रकाशित मिति : March 14, 2021
  • गण्डकी डायरी

गोरखा, १ चैत । घरेलु तथा साना उधोग कार्यलय गोरखाको आयोजनमा सञ्चालित ४५ दिने मोबाईल मर्मत तालिम आइतबार गोरखा बुंकोटमा सम्पन्न भएको छ । गत माघ २ गते देखि शुरु भएको तालिम आज एक कार्यक्रमका बिच शहिद लखन गाउँपालीका ७ बुंकोटमा सम्पन्न भएको हो ।

बेरोजगार युवाहरु लक्षित तालिममा शहिद लखन गाउँपालीका वडा नं ६, ७, ८ र ९ का २० जना युवाहरु सहभागी भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उक्त तालिममा कालीका मोबाईल मर्मत तथा बिक्रि केन्द्रका प्रोपाईटर दिनेश दानीले ४५ दिन सम्म प्रशिक्षण दिएका थिए । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा शहिद लखन गाउँपालीका ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का अध्यक्ष काशिनाथ अम्गाइ, वडा सचिव अमृता सिग्देल, वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम घरेलु तथा साना उधोग कार्यलय गोरखाका प्रमुख दिनेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।