चर्चित गायिका भुमिका गिरीले तताइन् गोरखा बुंकोटको सांगितिक माहोल

  • प्रकाशित मिति : March 13, 2021
  • गण्डकी डायरी

गोरखा । चर्चित लोक दोहोरी गायिका भुमिका गिरीले बेजोड प्रस्तुतीका साथ गोरखाको बुंकोटको सांगितिक माहोल तताएकी छन् । नव ईन्द्रेणी बुङ्कोट युवा क्लबको आयोजनामा शिवरात्रीको अवसरमा शहिद लखन गाउँपालीका ८ बुंकोटमा आयोजित “बृहत् शिबरात्री मेला तथा साँस्कृतिक कार्यक्रममा उनले धमाकेधार प्रस्तुती दिएकी हुन् ।

गायिका गिरीको लोक सांगितिक प्रस्तुतीले कार्यक्रमको माहोल निकै रोमाञ्चक बनेको क्लबका अध्यक्ष राजेश श्रेष्ठले बताए । उनको प्रस्तुतीलाई दर्शकहरुले भरपुर साथ दिएका थिए । कार्यक्रमको आर्कषण नै बनेकी गायिका गिरीले आँधी खोला झरेसि भिरालो, तारा संगै जुन, भरखरै सार्वजनिक भएको नयाँ गित फिक्का चिया लगायतका भाकाहरु पस्किएका थिए । गायिका गिरीले स्टेजमा पुगेर दिएका हरेक सांगितिक प्रस्तुतीले बुंकोटको उक्त कार्यक्रमको माहोल तताएको थियो ।

कार्यक्रममा उपस्थित दर्शक, अतिथि समेत नाचेर उनको गायनमा रमाएका थिए । पछिल्लो समय चर्चामा रहेकी गायिका गिरीको निकै सुमधुर भाकाहरु युटुवमा उपलब्ध छन् ।

त्यस्तै चर्चित गायक कृष्ण रेउलेको बजोड सांगितिक प्रस्तुतीले समेत कार्यक्रमलाई थप रोमाञ्चक बनायो । उनले आफ्ना उत्कृष्ट लोक दोहारी भाकाहरु प्रस्तुत गरेका थिए । आफ्ना चर्चित गितहरु गाएर उनले दर्शकहरुलाई थप आर्कषित गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहेको थियो । राष्ट्रिय ख्याति प्राप्त बाद्य बादकको ब्याण्डमा चर्चित कलाकारहरुले लाईभ दोहोरीबाट मनोरञ्जन दिएका थिए ।

गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख जानुका अधिकारी, शहिद लखन गाउँपालिकाका उपाध्यक्ष ईन्दिरा तिवारी, वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का अध्यक्ष काशिनाथ अम्गाँई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम समापन गर्दै नव ईन्द्रेणी बुङ्कोट युवा क्लबका अध्यक्ष राजेश श्रेष्ठले कार्यक्रम सफल तुल्याउन गाउँ बासिको ठुलो सहयोग र योगदान रहको भन्दै कृतज्ञता व्यक्त गरे ।

 

तस्विर स्रोत : साउण्ड वेभ गोरखा