गोरखाको बुंकोटमा विविध कार्यक्रम गरि मनाइयो नारी दिवस

  • प्रकाशित मिति : March 8, 2021
  • गण्डकी डायरी

गोरखा, २४ फागुन । “महिला सुरक्षा,सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने मूल नारा सहित १११ औँ अन्तराष्ट्रिय नारी दिवस आज नेपाल भर मनाइएको छ । यसै क्रममा गोरखाको शहिद लखन गाउँपालीका ७/८ बुंकोट स्थित प्रगतिशिल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विविध कार्यक्रम गरि नारी दिवस मनाएको छ ।

शहिद लखन गाउपालिका र रुपान्तरण नेपालका लागि प्रयासको समन्वय तथा आर्थिक सहयोगमा भएको कार्यक्रममा अधिवत्ता पवित्रा शर्माले महिला कानुनी अधिकार,प्राबधान हिंसा सबन्धि प्रशिक्षण प्रदान गरेकी थिइन ।

शहिद लखन गाउपालीका उपाध्यक्ष इन्दिरा तिवारी प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का अध्यक्ष काशिनाथ अंगाई, अधिवक्ता पवित्रा शर्मा, वडा नं ७ र ८ का वडा सदस्यहरु, राजनितीक दलका प्रतिनिधी, महिला समुहका अध्यक्ष तथा प्रनिधीहरु, बुदिजिवी समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रगतिशिल वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष भगवती खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।