धादिङको रेडियो बिहानीका सञ्चारकर्मी श्रेष्ठले गरे आत्महत्या

  • प्रकाशित मिति : March 8, 2021
  • गण्डकी डायरी

धादिङ, । धादिङको रेडियो बिहानी ९७.६ मेगाहर्जमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।

श्रेष्ठले आफू बस्ने कोठाको सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए । निलकण्ड नगरपालीका वडा नं ८ रामकोटका श्रेष्ठ बिगत ४ बर्ष देखि रेडियो बिहानीमा कार्यरत थिए ।

केहि दिन अघि प्रेमिकासँग सामान्य झगडा भएको उनी निकट श्रोतले बताए पनि श्रेष्ठले किन आत्माहत्या गरे भन्नेबारेमा भने खुल्न सकेको छ्रैन ।