नारी दिवसको अवसरमा गोरखा नगरपालीका स्तरीय वक्तृत्वकला प्रतियोगिता

  • प्रकाशित मिति : March 8, 2021
  • गण्डकी डायरी

गोरखा, फागुन २४ । गोरखा नगरपालीकाको आयोजनामा एक सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार विषयक वक्तृत्वकला प्रतियोगिता आइतबार नगरपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

प्रतियोगितामा शक्ति मावि पाटेचौरकी जेनीसा अम्गाई प्रथम, महेन्द्र मावि कुन्दुरकी गीता सिर्मल द्धितिय र सरस्वती मावि आहालेकी सीमा श्रेष्ठ तृतिय भएकी छिन् । विन्धाबासीनी माविकी सुमना कोइरालाले सान्त्वना स्थान हासिल गरेकी छिन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार दिईने भएको छ । प्रतियोगितामा ७ वटा बिधालयले सहभागीता जनाएको थियो ।