बार्सिलोनाको नयाँ अध्यक्षमा लोपार्टा

  • प्रकाशित मिति : March 8, 2021
  • गण्डकी डायरी

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।