गोरखाकी एक युवतीलाई बलात्कार गरी फरार रहेका आरोपी कालिकोटबाट पक्राउ

  • प्रकाशित मिति : March 8, 2021
  • गण्डकी डायरी

गोरखा । गोरखा सदरमुकाममा एक महिललाई बलात्कार गरेको आरोप लागेका १ जना पुरुषलाई प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको छ ।

गोरखा नगरपालिका ६ सातधुरे बस्ने बर्ष ३० को राम भन्ने सोमबहादुर बाचेलाई प्रहरीले कालिकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले बताए । ‘सदरमुकामकै एक होटलमा लगी २२ महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी कार्यालयमा परेको र उनलाई खोजतलास गर्ने क्रममा कालिकोटमा फेला पारी अडसार गरी गोरखा ल्याई मुद्वा दर्ता गराईएको’ प्रनाउ दाहालले बताए ।

कार्यालयले दिएको जानकारी अनुसार सदरमुकामको धावा बोर्लाङ्गकोटकाली होटल एण्ड लजमा नाम परिवर्तन गरिएकी ‘थ’ कुमारीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै पिडितले प्रहरी कार्यालयमा माघ ११ गते उजुरी दिएका थिए ।

कार्यालयले पिडकलाई खोजी गर्ने क्रममा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका २ जिते बजारमाबाट नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । फागुन १६ गते नियन्त्रणमा लिएको उनलाई २० गते गोरखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।