तनहुँ कारागारमा कैदीबन्दीबीच झडप हुदाँ चारजना घाइते

  • प्रकाशित मिति : March 1, 2021
  • गण्डकी डायरी

तनहुँ, १७ फागुन । तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच आईतबार झडप भएको छ । पाँच बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले बताए ।
कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार चार जना सामान्य घाईते भएको र उनिहरुलाई दमौली अस्पतालमा उपचार पछि कारागारमा नै ल्याईएको छ । झगडा गर्ने कैदीबन्दीबीच पछि पनि झगडा गर्ने जोखिम भएकोले अन्यन्त्र नै स्थानान्तरण गर्ने सम्भावना रहेको तनहँु कारागारले जानकारी दिएको छ । कैदीबन्दी मनमुटाव भई झगडा हुनुको कारणबारे अनुसन्धान भईरहेको हाल सामान्य अवस्था रहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । केही वर्ष पनि तनहुँ कारागारमा झडप भएपछि झडपमा सग्लनलाई अन्यन्त्र कारागारमा स्थानान्तर गरिएको कारागार प्रशासनले जनाएको छ ।