नेपाली चलचित्र पाइरेसी गरेको आरोपमा लमजुङबाट एक युवक पक्राउ

  • प्रकाशित मिति : March 1, 2021
  • गण्डकी डायरी

काठमाडौं । इन्टरनेटको माध्यमबाट अनधिकृत रुपमा नेपाली चलचित्रहरु बिक्री गरेको आरोपमा प्रहरीले लमजुङबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको बेंसीसहर नगरपालिका(२ का २५ वर्षीय सुजन परियार रहेका छन् ।

उनले थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट बिक्री वितरण गर्दै आएका नेपाली चलचित्रहरुलाई सामाजिक सञ्जाल युट्युब, टेलिग्राममा अपलोड गरी बिक्री गर्दै आएको उजुरी परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सुजनलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।