व्यवसायीलाई धम्की दिने भीमसेन थापा गाउँपालिकाका एक युवक पक्राउ

  • प्रकाशित मिति : March 31, 2021
  • गण्डकी डायरी

गोरखा, १८ चैत । गोरखामा व्यवसायीलाई धम्की दिएर तर्साउने एक युवक पक्राउ परेका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं। ३ तान्द्राङका बर्ष २० को अनुरुपम दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दाहालले गोरखा ब्रअरी प्रा।लि।का सेल्स अफिसरको रुपमा काम गर्ने जिल्ला गोरखा नगरपालिका वडा नम्बर। ६ हरमटारी बस्ने बर्ष ३३ को निर्मल खनाल र वडा नम्बर १४ बस्ने बर्ष ४२ को अशोक खत्रीलाई टेलिफोन मार्फत पटक–पटक डर–त्रास, धाक–धम्की दिई पाँच कार्टुन बियर लगायतका विभिन्न सामानहरु माग गरेको प्रहरीको भनाई छ ।

साथै उनिहरुलाई मागेको समान नदिएको खण्डमा ज्यान मार्नेसम्मको धम्की दिएको प्रहरीको भनाई छ । पक्राउ परेको दाहाले बिरुद्ध सार्वजनिक हित विरुद्धको कसूर मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।