गोरखामा नगद सहित कौडा खोली रहेका ६ जना पक्राउ

  • प्रकाशित मिति : March 30, 2021
  • गण्डकी डायरी

गोरखा, १७ चैत । गोरखाको अजिरकोट गाउँपालिकामा कौडा खेली रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ६ भच्चेक बजारबाट गएराती उनिहरुलाई पक्राउ गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका वडा नम्बर ३ का सुगम गुरुङ, अमिर सोमबहादुर गुरुङ, बिकास गुरुङ, अमिर गुरुङ सिरानचोक गाउँपालिका वडा नम्बर ५ का प्रकाश पोखरेल र ठाकुर बलयकोटी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

कौडाको खालबाट नगद ९ हजार ५ सय ९० रुपैया समेत बरामद गरेको उनले बताए । पक्राउ परेका सवै बिरुद्ध जुवा सम्बन्धी कसुरमा मूद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।