नेकपा एमाले गोरखाका नेता पोखरेलको निधन

  • प्रकाशित मिति : March 29, 2021
  • गण्डकी डायरी

गोरखा, १६ चैत । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का जिल्ला नेता शिशिर पोखरेलको निधन भएको छ । बारपाक सुलिकोट गाउँपालिकाका संयोजक पोखरेलको सोमबार चितवनमा उपचारको क्रममा निधन भएको हो ।

कलेजो सम्बन्धी समस्याबाट ग्रसित पोखरेल लामो समयदेखि चितवनमा उपचाररत् रहेको नेकपा एमाले गोरखाले जनाएको छ । ताकुमाझ लाँकुरीबोट निबासी पोखरेललाई मौरीले चिलेपछि बिगत ३ महिनादेखि बिरामी हुदै आउनु भएको थियो । पोखरेलको आजै देवघाटमा अन्त्यष्टि गरिएको छ ।