गोरखामा बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

  • प्रकाशित मिति : March 29, 2021
  • गण्डकी डायरी

गोरखा, १६ चैत । गोरखामा १४ बर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पु घर भएका ४० बर्षका भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए

आइतबार बिहान ७ बजे दुध लिन गएकी बालिकालाई बाटोमा एकान्त स्थानमा भेटी खत्रीले जबरजस्तीको प्रयास गरेको उनले बताए । बालिकालाई सुनसान स्थान खोल्सा पट्टी लगी जबरजस्ती करणी उद्योग गरेको जानकारी पाए पछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी दाहालको भनाई छ ।

पक्राउ परेका खत्रीलाई जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।