गोरखाका २ युवा सहित ८ जना जुवाको खालबाट पक्राउ

  • प्रकाशित मिति : March 28, 2021
  • गण्डकी डायरी

गोरखा, १५ चैत । गोरखाको २ युवा सहित ८ जना जुवाको खालबाट पक्राउ परेका छन् । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, खुदी पुरानोबजारबाट उनिहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जानकारी दिनुभयो । पक्राउ परेको उनीहरुको साथबाट नगद २ लाख ७७ हजार ३ सय ६० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति १ बजेतिर स्थानीयबासी जंगबहादुर तामाङको घरमा जुवातास खेल्दै गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा घरधनी समेत रहेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका २ का ३५ वर्षिय मदन पन्त सहित लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदीका ४६ वर्षीय जंगबहादुर तामाङ (घरधनी), क्व्होलासोंथर गाउँपालिका २ का २२ वर्षीय तिलक घले, बेंसीसहर नगरपालिका ७ का २१ वर्षीय अनिल रिमाल, ४२ वर्षीय राजन सुयल, चितवनको भरतपुर महानगरपालिका १० का ४२ वर्षीय सुरेश केसी, भरतपूर महानगरपालिका ११ का ३४ वर्षीय विष्णु गिरी र गोरखाको गोरखा नगरपालिका ४ का ३१ वर्षीय सीताराम गिरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।